महन्थ ठाकुरको संयोजक पद फुत्कियो, आए नयाँ नेता

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले महन्थ ठाकुरलाई संयोजक पदबाट हटाएको छ ।

बबरमहलस्थिट पार्टी मुख्यालयमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजक पदबाट हटाउने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए ।

राजपाको विधानअनुसार पार्टीको नेतृलाई चक्रीय प्रणालीमा लैजाने निर्णय अध्यक्षमण्डलले गरेको हो । विधानमा नेतृत्व चक्रीय प्रणालीमा जाने उल्लेख छ । यसबारेमा सहमति हुन नसकेपछि बहुमतबाट निर्णय भएको छ ।

मंसिर ५ गतेदेखि लागू हुने गरेर राजपाको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले पाएका छन् । पार्टी एकीकरण गर्ने बेला भएको सहमति अनुसार आलोपालो गरे राजपाको संयोजक र पार्टीको नेतृत्व गर्ने निर्णय भएको थियो ।

राजपाले महाधिवेशनलाई ध्यानमा राखेर विभिन्न सांगठनिक निर्णयहरू पनि गरेको छ । सदस्यता वितरणको समय थप गरेको छ । निर्वाचनन आयोगमा बुझाइएको नामावलीलाई आधार मानेर अगाडि बढ्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2018 November 20, 6:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया