सक्रिय बने कांग्रेसका जिल्ला सभापतिहरू, कम्युनिस्टसँग भिड्ने योजना बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह नै नगरी नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् ।

मंसिरको दोस्रो साता नुवाकोट जिल्लाको ककनीमा जिल्ला सभापतिहरूको भेला हुन लागेको हो । नुवाकोट कांग्रेसका सभापति केसीले जिल्ला सभापतिहरूको भेला गर्न लागिएको विषयमा सभापति देउवासँग परामर्श नगरिएको बताए ।

विधानबारे मत बाझिरहेका बेला कांग्रेसका जिल्ला सभापतिहरूले छुट्टै भेला हुन लागेको हो । भेलाले विधानका बारेमा समान धारणा बनाउनेछ ।

मंसिर १२ र १३ गते नुवाकोटको ककनीमा जिल्ला सभापतिहरूको भेला डाकिएको नुवाकोट कांग्रेसका सभापति केसीले बताए । यो भेलाले विधानबारे जिल्ला सभापतिहरूको समान धारणा बनाउने उनले बताएका छन् ।

जिल्ला सभापतिहरूको भेलामा कुनै पनि शीर्ष नेता वा पदाधिकारी उपस्थित हुने छैनन् ।

गत असारको पहिलो साता हेटौँडामा जिल्ला सभापतिहरूको भेला भएको थियो । भेलाले विधान मस्यौदा समितिमा जिल्ला सभापतिको प्रतिनिधित्व गराउन माग गरेको थियो ।

जिल्ला सभापतिहरूको भेलालगत्तै सभापति देउवाले महामन्त्री पूर्णबहादुर खडकाको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेका थिए ।

पछि जिल्ला सभापतिका तर्फबाट अमरसिंह पुनलाई समितिमा राखिएको थियो । समितिले सात प्रदेशको १२ ठाउँमा विधान वारेमा छलफल गरेर दशैँ अगावै अन्तिम मस्यौदा तयार पार्ने काम सुरु गरेका थिए ।

Published : Tuesday, 2018 November 20, 10:51 am

1 प्रतिकृया प्राप्त “सक्रिय बने कांग्रेसका जिल्ला सभापतिहरू, कम्युनिस्टसँग भिड्ने योजना बनाउँदै”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया