महामन्त्रीको दमदार अभिव्यक्तिले कांग्रेसीहरूको मन जित्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले महासमितिको बैठक नसार्न बताएका छन् ।

काठमाडौंमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले मंसिर २८ गतेबाट सुरु हुने भनि गरिएको महासमिति बैठक कुनै पनि हालतमा नसर्ने बताए । ‘कांग्रेसको विधान निर्माणमा गम्भिर भएर लाग्नुपर्छ’, उनले भने, ‘विधान संशोधन मस्यौदा समितिले पनि सचेत भएर काम गर्नुपर्छ ।’

महामन्त्री डा.कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाए । दुई महिनाभित्र नेविसंघको महाधिवेशन गराउन गाह्रो रहेको उनले बताए ।

कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्री डा.कोइरालाले आफू नेविसंघलाई महाधिवेशन गर्न ६ महिना दिने पक्षमा रहेको उल्लेख गरे । ‘थप गर्नु नै थियो भने ६ महिना थपेको भए हुन्थ्यो’, उनले भने, ‘दुई महिना मात्र दिइएको छ । यो दुई महिनाभित्र हामी अधिवेशन गराउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न छ ।’

फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने महामन्त्री डा.कोइरालाको भनाइ थियो ।

Published : Monday, 2018 November 19, 9:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया