कांग्रेसको चियापान सानेपामा शुरु, देउवासहितका नेता स्वागतमा उभिए

काठमाडौं । नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सानेपास्थित पार्टी मुख्यालयमा शुरु भएको छ ।

कांग्रेसको चियापान कार्यक्रम ठीक एक बजेदेखि शुरु भएको हो । चियापानमा आउने पाहुनाको स्वागत स्वयम् सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरूले गरिरहेका छन् ।

चियापान कार्यक्रम अपरान्ह पाँच बजेसम्म चल्नेछ । चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत, छठसहितका पर्वको उपलक्ष्यमा चियापान कार्यक्रम राखेको छ ।

पहिलो पटक कांग्रेसले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई बिकेन्द्रित गरेको छ । यस पटक कांग्रेसको चियापान कार्यक्रम उपत्यका बाहिरका सबै जिल्लामा भइरहेको छ ।

Published : Friday, 2018 November 2, 1:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया