कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भीर

काठमाडौं । लामो समयदेखि मस्तिष्कघातका कारण बिरामी परेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था निकै गम्भीर भएको छ ।
बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा छन् । काठमाडौंको खुमलटारस्थित निवासमा बास्तोलालाई राखिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बास्तोलालाई शनिबार मात्र अस्पतालबाट घर लगिएको थियो । १४ पुस २६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।
भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उनको होस आएको थिएन ।
(कांग्रेस नेता बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर हुनुपर्नेमा यसअघि अन्यथा पर्न गएकोमा क्षमा चाहन्छौँ । हाम्रो अवासधानी र गल्तीले परिवारप्रति पर्न गएको पीडामा पनि क्षमा चाहन्छौँ । – सम्पादक)
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत