यस्तो बन्यो ‘ड्रिम गर्ल’को ट्रेलर (भिडियो)

काठमाडौं । निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशन गरिएको फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ऋषिराज आचार्यकै लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । मंसिर ७ गते प्रदर्शन हुने फिल्मको झन्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, एक्सन र सेन्टिमेन्ट्सको मिश्रण छ ।

निर्देशक ऋषिराजले पूर्ण मनोरञ्जक फिल्म बनाउने कोसिस गरेको बताए । निर्माता अर्जुन शर्माले आफूहरूले अधिक राम्रो फिल्म बनाएकाले सबैको साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

अभिनेता आकाश श्रेष्ठले ड्रिम गर्ल आफ्ना विगतका फिल्मभन्दा भिन्न भएकाले दर्शकले मन पराउने बताए ।

यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरीले ठूलो पर्दाको आफ्नो पहिलो पाइला सफल हुनेमा आफू ढुक्क रहेको बताइन् ।

उनले ड्रिम गर्लले आफूलाई फिल्म उद्योगमा स्थापित गर्ने विश्वास व्यक्त गरिन् । अर्की अभिनेत्री पूजा पराजुलीले फिल्मले दर्शकलाई खुसी बनाउनुका साथै आफ्नो कामको मूल्यांकन गर्ने आशा व्यक्त गरिन् ।

दुई करोड रुपियाँभन्दा बढी लगानीमा बनेको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैंडा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन् ।

निर्देशक ऋषिराज स्वयं, अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एन्ड रियल सिनेमा कम्पनी छ ।

ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुइटा फिल्म ‘चुरिफुरी’ र ‘द्रौपदी’समेत घोषणा गरिएको छ । ड्रिम गर्ल प्रदर्शनपछि ती फिल्म निर्माण गरिने ऋषिराजले जनाए ।

Published : Saturday, 2018 October 6, 12:54 pm

1 प्रतिकृया प्राप्त “यस्तो बन्यो ‘ड्रिम गर्ल’को ट्रेलर (भिडियो)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया