नरेश र पविनाको स्वरमा रिलिज भयो ‘मुइ खानलाई आमला’ (भिडियो)

काठमाडौं । ठट्यौली शैलीमा गायक एवम् संगीतकार नरेश खाती क्षेत्रीले ‘मुइ खानलाई आमला…’ बोलको गीत रिलिज गरेका छन् ।
गीतमा गायिका पविना तामाङले नरेशलाई साथ दिएकी छिन् । गीतको शब्द नरेश आफैले लेखेका हुन् । आधुनिक, लोक तथा दोहोरी लगायतका गीतहरूमा संगीत एवम् स्वर दिँदै आएका नरेशले ठट्यौली शैलीमा गीत ल्याएर सबैलाई आश्चर्यमा पारेका छन् ।
आफ्नै युट्युब च्यानलबाट नरेशले म्युजिक भिडियो रिलिज गरेका छन् । गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको ‘मुइ खानलाई आमला…’मा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा विष्णु सापकोटा ‘हर्के हवल्दार’, पुजन घिमिरे, झक्कड थापा, बलबहादुर खातीको अभिनय रहेको छ ।
Published : Wednesday, 2018 October 31, 12:16 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत