यी दुई अभिनेत्री पोल खोलाखोल गर्दै भिड्न थाले

मुम्बई । बलिउड अभिनेत्री तनुश्री दत्ता र नाना पाटेकरबीचको विवादपछि अर्की अभिनेत्री राखी सावन्तले तनुश्रीको विरोध गरेकी छिन् ।

राखीले तनुश्री ड्रग एडिक्ट भएको आरोप लगाएकी छिन् । १० वर्षअघि ड्रग लिएर बेहोस भएको अवस्थामा तनुश्रीलाई आफूले भेटेको राखीले बताएकी छिन् । राखीको यो भनाइपछि तनुश्रीले राखीमाथि मानहानी मुद्दा दर्ता गराएकी छिन् ।

तनुश्रीले राखीसँग १० करोड रुपैयाँ माग गरेकी छन् । राखीले तनुश्रीलाई जवाफ फर्काउँदै उनीमाथि ५० करोडको मानहानीको मुद्दा हाल्ने बताएकी छिन् ।

राखीले भनिन्, ‘तनु श्रीलाई नाना पाटेकर र राज ठाकरेले वास्ता नगरेपछि उनी मेरो पछाडि लागेकी हुन् । तनुश्री लुट्न चाहन्थिन् । तर उनको यो योजना पूरा भएन । तनु श्रीले यो सब पब्लिसिटी, पासपोर्ट, भिसा, बैंक अकान्उट वा बलिउडमा पुनः फर्कन गरेकी हुन् तर उनको योजना पूरा भएन । त्यसैले उनले मलाई आफ्नो ‘टार्गेट’ बनाएर मानहानिको मुद्दा हालेकी हुन् । उनी मिडियामार्फत खेल खेलिरहेकी थिइन् अब कोर्टकार्फत खेल्न लागेकी छन् । कोर्टमा म उनलाई मुखभरिको जवाफ दिनेछु ।’

‘कोर्टमा जवाफ दिन मसँग सबुत छ’, उनले भनिन्, ‘१० वर्षपहिले म तनुश्रीसँग कयौं पार्टीमा गएकी छु । मलाई उनले दुई तीन पटक ‘रेव पार्टी’मा लिएर गएकी थिइन् । ती पार्टीमा उनी मेरै अगाडि ड्रग्स लिन्थिन् । तनु श्रीको चक्करमा लगेर मैले पनि कति पटक ड्रग्स लिएकी थिएँ । पछि मैले उनीसँगको सम्बन्ध तोडेँ ।’

Published : Wednesday, 2018 October 24, 3:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया