निर्मला हत्यामा भीआइपीका छोराहरूको नाम मुछियो, प्रहरीलाई पनि कारबाही

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा बालिका बलत्कारपछि हत्याको घटनाले उग्ररुप लिएपछि क्युनिस्ट सत्तारुलाई ठूलो दवाव परेको छ । महेन्द्रनगरका स्थानीयहरूले बास्तविक दोषीलाई बचाउन नक्कली अपराधी बनाएको भन्दै प्रदर्शन गर्न थालेपछि कम्युनिस्ट सरकारलाई चिन्तामा डुबेको हो ।

१३ वर्षीय बालिका निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म खोजविन र कारवाही गर्न नसकेको भन्दै कञ्चनपुरका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले कारवाही प्रक्रिया अगाडि बढाएको उच्च स्रोतले जनाएको छ । घटनामा अनुसन्धानको माग भइरहेकाले एसपीका छोरालाई समेत पक्राउ गरिने तयारी भएको छ ।

निश्पक्ष छानविन गर्नुको तीन हप्तासम्म जिम्मेवारी बहन नगरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसा ओलीले शनिबार बिहानै गृहमन्त्री रामबहादुर थापालाई बालुवाटार बोलाएर अपराधमा संलग्न जो कसैलाई पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएका हुन् । ओलीले दोषी प्रहरीहरूलाई पनि विभागीय कारबाही गर्न आदेश दिएका छन् ।

निर्मलाको बलात्कार घटनामा शंकास्पद देखिएको भनिएका एसपीका छोरा र मेयरका भतिजालाई अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रालयले कञ्चनपुर प्रहरीलाई निर्देशन दिनेबारे प्रधानमन्त्री र गृहमन्त्रीवीच छलफल भएको छ ।

निर्मलाको बलात्कारपछि हत्या गरेको घटनामा यसअघि पक्राउ परेर तारेखमा छाडिएका दुई युवालाई पनि पक्राउ गरेर थप अनुसन्धान गर्न गृहले मातहतलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

नयाँ सिडियो, एसपी र डीएसपीले समेत सनी खुनाको ज्यान जानेगरी शुक्रबार गोलीकाण्ड मच्चाएको भन्दै आलोचना शुरु भएको छ ।

Published : Saturday, 2018 August 25, 12:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया