अर्जुनलाई जिउँदै गाडेको अभियोग लागेका अग्नि सापकोटाविरुद्ध मुद्धामा अन्तिम सुनुवाई शुरु

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा अन्तिम सुनुवाइ शुरु भएको छ ।

बुधबारबाट प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा शुरू भएको सुनुवाईमा मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।
माओवादीका नेता सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।

अर्जुन लामाकी पत्नी पूर्णीमाया लामाले २०६९ मंसिर ७ मा माओवादी नेता सापकोटामाथि अनुसन्धान गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सापकोटाविरुद्धको मुद्दा सर्दै आएको छ ।

२०६२ साल वैशाख १६ गते श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेलास्थलबाट माओवादीले अर्जुन लामालाई अपहरणमा गरेको थियो । माओवादीका नेता सापकोटासहितको समूहले अर्जुन लामालाई जिउँदै पुरेको पीडित परिवारको आरोप छ ।

पूर्णीमाया लामाले २०६४ मा जाहेरी दिएपनि प्रहरीले जाहेरी लिएको थिएन । त्यसपछि पूर्णीमाया लामाले न्यायका लागि अदालतसँग गुहार मागेकी थिइन् ।

सर्वोच्च अदालतले २०६४ सालको फागुन २२ गते आदेश दिँदै माओवादी नेता सापकोटाविरुद्धको जाहेरी प्रहरीमा दर्ता भएको थियो । तैपनि मुद्दालाई तामेलीमा राखिएको छ ।

तामेलीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अर्को आदेश गरेको छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षितलगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । सो मुद्दामा यही वैशाख २३ गते पेशी सुनुवाइ हुनेछ ।

Published : Thursday, 2024 April 25, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया