महेन्द्रनगरका पीडितको घाउमा यसरी लगायो कांग्रेसले मलम

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरको महेन्द्रनगरमा दिनहुँ गोली चलेको घटनालाई न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकको आवाजमाथि निर्मम दमन भएको टिप्पणी गरेका छन् ।

महेन्द्रनगरको घटनालाई नेता पौडेलले २१औं शताब्दीको अन्त्यमा कल्पनासम्म पनि गर्न नसक्ने घटना भनि अभिव्यक्ति दिएका छन् । पौडेलले महेन्द्रनगरका सबै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

वरिष्ठ नेता पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बारेमा उचित छानविनको माग गरेका छन् । उनले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका सर्वसाधरणमाथि कम्युनिस्ट सरकारले निर्मम तरिकाले गोली चलाएको भन्दै घटनाको भर्त्र्सना गरेका छन् ।

‘न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने घटना २१औं शताब्दीको अन्त्यमा कल्पनासम्म पनि गर्न नसक्ने घटना हो’, पौडेलले भनेका छन्, ‘सर्वसाधरण नागरिकमाथि दिनहुँ गोली चलाइएको विषयमा तत्काल निष्पक्ष छानविन गर्न आवश्यक छ ।’

कम्युनिस्ट सरकारले नागरिक तथा बालबालिकामाथि अन्धाधुन्द गोली चलाउँदा १४ वर्षीया बालक चेतन भट्टको निधन भएको घटनाले आफू अत्यत्नै दुःखी भएको नेता पौडेलले बताएका छन् ।

उनले महेन्द्रनगरमा भएको बलत्कारपछि हत्या भएको घटनादेखि सर्वसाधरणमाथि अन्धाधुन्द गोली चलाइएको घटनाका बारेमा निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

उनले घाइटे सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । चेतन भट्टको आत्माको चीर शान्तिको कामना गर्दै पौडेलले परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

वरिष्ठ नेता पौडेलले कञ्चनपुरमा बिहीबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भेटेर भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

Published : Friday, 2018 August 24, 8:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया