एमाले–माओवादीको कीर्ते हर्कतविरुद्ध कांग्रेस न्यायालय पुग्यो

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएको छ ।
मंगलबार गण्डकी कांग्रेसले एमालेका मुख्यमन्त्री अधिकारीविरुद्ध रिट दर्ता गराएको हो ।
कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।
संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको कांग्रेसले रिटमा जनाएको छ ।
नेता पाण्डेले प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।
आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य समेत रहेका सभामुख कृष्ण धितालले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको कांग्रेसका नेता पाण्डेले बताए ।
रिटमाथि २७ वैशाखमा सुनुवाइ हुनेछ । एमाले र माओवादीले गण्डकी प्रदेशमा संविधान र कानूनी व्यवस्थाभन्दा बाहिर गएर सरकार बनाउनुका साथै गलत कार्य गरेका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया