‘नेकपा’भित्र क–कसको भयो पत्तासाफ ?

काठमाडौं । नेताहरूलाई बिरालोले मुसा खेलाए झैँ गरेर सरकार र पार्टीको नेतृत्व हत्याएका खड्गप्रसाद ओलीको चाल बुझेर वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।

पूर्वएमाले र पूर्वमाओवादी समायोजनका नाममा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेताहरूलाई मात्रै स्थान दिएपछि नेता नेपाल रिसाएका हुन् ।

ओलीले हरेक ठाउँमा आफ्ना मान्छेलाई मात्रै अगाडि बढाएका छन् । ओलीले नेपाल समूहलाई पेलेर जाने योजना बनाएका छन् । जिल्ला र प्रदेश तथा जनवर्गीय संगठनहरूमा नेपाल समूहको झिनो उपस्थिति छ । ओलीलाई साथ दिए जस्तो गरेर प्रचण्डले पनि आफ्ना गुटका नेताहरूलाई मात्रै अगाडि बढाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्वएमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, भीम रावलसहितका नेताहरूलाई ओलीले ठेगान लगाएका छन् । नेपाल, खनालसहितका अन्य विरोधी नेताहरूलाई ओलीले छानीछानी तह लगाएका छन् ।

उता, प्रचण्डले पनि नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, रामबहादुर थापासहितका नेताहरूलाई तह लगाएका छन् । उनीहरू निकट मानिने नेताहरूलाई प्रचण्डले ठाउँ दिएका छैनन् । प्रचण्डले पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीलाई हदैसम्म पेलेर राखेका छन् ।

नेकपाभित्र ओली र प्रचण्डको पेलानबाट दिक्क भएका नेताहरूले अलग समूह बनाउने तयारी समेत गरेका छन् । तर, नेता बन्ने होडमा नयाँ समूह स्थापना हुन सकेको छैन ।

नारायणकाजीले नयाँ समूह बनाउन हदैसम्म प्रयास गरेका छन् । तर उनको कार्यशैलीलाई असन्तुष्ट समूहले समेत मन पराएको छैन । टोपबहादुर रायमाझी पनि आफ्ना नेताहरूको संरक्षण कसरी गर्न सकिन्छ भनेर लागेका छन् ।

Published : Friday, 2018 August 24, 11:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया