यस्तो रहेछ कम्युनिस्ट प्रम ओलीको इच्छा, पूरा भयो झापामा

भद्रपुर । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले नागरिक अभिनन्दन लिन थालेका छन् ।

गृहजिल्ला झापाको गौरादहमा ओलीलाई अभिनन्दन गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाको क्षेत्र नं. ५ का साथै गौरादह नगरपालिका र स्थानीय संघ संस्थाले बुधबार नागरिक अभिनन्दन गरेको छ ।

अभिनन्दन लिनेमा ओलीका साथै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की पनि रहेका छन् ।

प्रधानमन्त्री बनेपछि ओली दोस्रो पटक गृहजिल्ला झापा आएका हुन् । जिल्ला आउनेवित्तिकै ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं. ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय संघ संस्थाले नागरिक अभिनन्दन गरेको जनाइएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो सक्रिय शासन व्यवस्थाका बेला नागरिक अभिनन्दन लिने गरेका थिए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतलगायतको सहभागिता रहेको थियो ।

Published : Thursday, 2018 August 23, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया