‘ड्रिम गर्ल’को दोस्रो गीत ‘फूल टिपेर’ रिलिज (गीत)

काठमाडौं । निर्देशक ऋषिराज आचार्यको फिल्म ‘ड्रिम गर्ल’को दोस्रो गीत रिलिज भएको छ । यसअघि आचार्यले ‘ड्रिम गर्ल’को ‘तिम्रो मायामा’ गीत रिलिज गरेका थिए ।
‘ड्रिम गर्ल’ प्रेमकथामा बनेको फिल्म हो । ‘फूल टिपेर…’ बोलको दोस्रो गीत सोमबार रिलिज गरिएको निर्देशक आचार्यले बताए । यूट्युवमा ‘फूल टिपेर…’ले राम्रो भ्यु पाएको छ ।
गीतमा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राईलगायत कलाकारले नृत्य गरेका छन् । गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । ‘फूल टिपेर…’मा दुर्गा खरेल र अर्जुन पोखरेलले स्वर दिएका छन् ।
असोज १९ गते रिलिज हुने ‘ड्रिम गर्ल’को यो गीतको शब्द निर्देशक आचार्यले लेखेका हुन् । गीतको कोरियोग्राफी भने गम्भीर विष्टले गरेका हुन् ।
आरबी मुभिजले निर्माण गरेको ‘ड्रिम गर्ल’मा भारतीय फिल्म कम्पनीले पनि साथ दिएको छ । फिल्ममा निर्देशक आचार्यका साथै अर्जुन शर्मा र रामेश्वर धितालले लगानी गरेका छन् ।
‘ड्रिम गर्ल’मा आकाश, आश्मा, विल्सनका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, रूपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत