खड्ग विश्वकर्माको नाममा वारेन्ट थियोः गृहमन्त्री

चितवन । कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग विश्वकर्माका विषयमा कठोर टिप्पणी गरेका छन् ।

गृहमन्त्री थापाले विश्वकर्मा ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको दाबी गरे ।
चितवनको भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै थापाले विश्वकर्माको नाममा वारेन्ट जारी भएकाले पक्राउ गरिएको बताए ।

‘खड्ग विश्वकर्माजी गैरकानूनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए’, उनले भने, ‘ चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’

विश्वकर्मा अपराधी हुन् ? भन्ने प्रश्नमा थापाले भने, ‘जसले कानूनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’

तपाई गृहमन्त्री हुँदा विश्वकर्माको हातमा हत्कडी लाग्यो भन्ने टिप्पणी भइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री थापाले भने, ‘म गृहमन्त्री हो, गृहमन्त्रीको काम कानूनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो ।

नेकपाका महासचिव विप्लव लगायतसँग राजनीतिक सम्वाद गर्ने उनले बताए । वार्ताका लागि दवाव दिन प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति लिएको गृहमन्त्री थापाले बताए ।

Published : Friday, 2018 August 10, 12:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया