कांग्रेससँग तर्सिएका ओली कम्युनिस्टमाथि नै खनिए

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आन्दोलन र आक्रामक शैलीबाट तर्सिएको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ ।

प्रवक्ता विश्वकर्मा पक्राउ परेपछि महासचिव चन्दले विज्ञप्ति जारी गरेर नेपाल बन्दसहितको आन्दोलनको घोषणा गरेका छन् । विश्वकर्मालाई प्रहरीले दक्षिणकालीबाट मंगलबार साँझ पक्राउ गरेको थियो ।

कांग्रेससँग क्रुद्ध बनेका प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले चन्द नेतृत्वको नेकपाका नेताहरूलाई धमाधम पक्राउ गर्न थालेका छन् ।

महासचिव चन्दले विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न माग गरेका छन् । उनले पक्राउ परेका पोलिट ब्युरो सदस्य र केन्द्रीय सदस्यहरूलाई रिहा गर्न पनि सरकारसँग माग गरेका छन् ।

कम्युनिस्ट सरकारले अर्को कम्युनिस्ट दल र त्यसका नेताहरूमाथि देखाएको निरंकुश व्यवहारले वर्तमान ओली सरकारले देशमा सर्वसत्तावादको अभ्यास गरेको भनेर धेरैले आलोचना गरेका छन् ।

Published : Wednesday, 2018 August 8, 8:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया