कांग्रेसले किन बोलायो आकस्मिक बैठक ?

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी मुख्यालय ललितपुरको सानेपामा मंगलबार अपरान्ह ३ बजे बस्ने बैठकमा सरकारको कामकारबाही र आन्तरिक संगठनका विषयमा छलफल हुनेछ ।

सरकारसँग सम्बन्ध चिसिएका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा महासमितिको बैठकका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा सत्तापक्षबाट भइरहेको दमन र हेपाहा प्रवृत्तिको सामना गर्ने विषयमा पनि छलफल हुनेछ ।

Published : Tuesday, 2018 August 7, 11:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया