कांग्रेससमक्ष झुक्यो कम्युनिस्ट सत्ता, यसरी भयो शानदार जित

काठमाडौं । कम्युनिस्ट सत्ताविरुद्ध प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदन र सडकमा गरेको आन्दोलनमा सानदार जित निकालेको छ ।

डा.गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाएको कांग्रेसले मेडिकल शिक्षाको सुधारका पक्षमा आफ्नो अडानलाई राखेको थियो ।

डा.केसीसँग कम्युनिस्ट सत्ताले बिहीबार राति गरेको सहमतिले कांग्रेसको अडानको पुष्टि भएको छ ।

कांग्रेसले आफ्नो सरकारको पालामा बनाएको माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन र मेडिकल शिक्षासम्बन्धीसम्बन्धी अध्यादेशको बचाउ गर्दै आएको थियो ।

डा.केसीसँग झुकेर ओली सरकारले गरेको सहमतिले यी दुबै कुरा कांग्रेसको पक्षमा भएको नेताहरूले बताएका छन् । कांग्रेसले यो सहमतिलाई आफ्नो पक्षमा ब्याख्या गरेको छ भने कम्युनिस्ट सत्ताले आफ्नो पक्षमा बयान गर्दै आएको छ ।

Published : Friday, 2018 July 27, 12:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया