ओली जनजातिप्रति कठोर, विवादास्पद यी चार मन्त्रीहरू जोगिए

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनजाति पृष्ठभूमिका कानूनमन्त्री शेरबहादुर तामाङलाई हटाएर ठूलो अन्याय गरेका छन् ।

तामाङले बंगलादेशमा अध्ययनरत छात्रामाथि लगाएको आरोप आफैमा गम्भीर छ । तर, तामाङलाई हटाउँदै गर्दा ओलीले अरु मन्त्रीहरूलाई क्षमा दिए ।

क्षमा पाउनेमा लालबाबु पण्डित, रविन्द्र अधिकारी, रघुवीर महासेठ, गोकुल बास्कोटा जस्ता विवादास्पद मन्त्रीहरू छन् ।

तामाङ जनजातिकै छोरो भएका कारण ओलीले मन्त्री पदबाट हटाएको भनेर आलोचना भएको छ । अरुभन्दा सिधा मानिने मन्त्री तामाङले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्रामाथि दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा माफी मागेका थिए । तैपनि ओली नरम भएनन् । कठोर बनेर दिए जनजाति मन्त्री तामाङलाई दण्ड ।

ओलीले आफ्नो निरंकुश शैली देखाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) आदिवासी जनजातिविरुद्ध कति विभेदकारी छ भन्ने कुराको स्पष्ट संकेत तामाङको राजीनामाले देखाएको छ ।

हुन त कम्युनिस्ट सरकारका मन्त्रीहरूले दुईतिहाईको दम्भ देखाउनुको कारणले पनि यो अवस्था आएको हो । जनताले दिएको म्याण्डेटलाई दम्भका रुपमा प्रस्तुत गर्ने नेकपाका मन्त्रीहरूका विगत चार महिना यताका गतिविधिहरू निरंकुश र अराजक छन् ।

अरु अराजक अभिव्यक्ति दिने मन्त्रीहरूलाई पनि हटाएर ओलीले नयाँ टिमलाई भित्र्याउनुपर्छ । होइन भने जनजातिमाथि गरेको अन्याका रुपमा सबैले ब्याख्या गर्नेछन् ।

नेकपाकी सांसद एवम् अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले पनि तामाङलाई हटाएकोमा प्रधानमन्त्री ओलीको घुमाउरो भाषामा आलोचना गरेकी छिन् ।

Published : Friday, 2018 July 27, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया