कांग्रेसलाई पहिलो सफलता, ओलीको बिकेट खस्यो

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारका कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राबारे गरेको टिप्पणीप्रति नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ ।
मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राले सर्टिफिकेटका लागि शरीर सुम्पिनुपरेको अभिव्यक्ति दिएपछि कांग्रेस सहित सबैले आपत्ति जनाएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरी यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।
‘प्रधानमन्त्रीबाट बेलाबेला हलुका अभिव्यक्ति बाहिरिने गरेका बेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही गर्ने कसले ?’, कांग्रेसका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरि पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं’, उनले भनेका छन् ।
चौतर्फी आलोचना भएपछि कानूनमन्त्री तामाङले पनि आइतबार विज्ञप्ति जारी गरेर माफी मागेका छन् । तामाङले विभिन्न उजुरी र गुनासाका अधारमा बंगलादेशमा नेपाली छात्रामाथि हिंसा गरेको भन्दै सोही विषयमा आफूले अभिव्यक्ति दिएको दाबी गरेका छन् ।
कानूनमन्त्री तामाङले माफी मागेसँग नेपाली कांग्रेसलाई आन्दोलनको आंशिक सफलता मिलेको छ । कांग्रेसले ओलीका कानूनमन्त्रीलाई माफी माग्न बाध्य बनाएर बिकेट गराएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत