नेविसंघसँग डरायो कम्युनिस्ट सत्ता, गर्‍यो नयाँ हर्कत

पोखरा । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पोखरामा कालो झण्डा देखाइएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् ।

बिहीबार गण्डकी प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्न पोखरा आएका ओलीलाई अमरसिंह चोक र प्रदेशसभा भवन अगाडि नाराबाजीसहित विद्यार्थीले कालोझण्डा देखाएका थिए ।

डा.गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको उनीहरूको आरोप छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, समित केसी, पर्शुराम बस्नेत, दीपक शर्मा वाग्ले, राज आचार्य, विकास थापा, शिखर पौडेल, विमल गौतम, रबिन्द्र भण्डारी, तिलक पौडेल, सुबास अधिकारी, प्रकाश रमण अधिकारी, पशुपति भट्टराई, गोविन्द नेपाली, विक्रम गिरी, दुर्गा लम्साल छन् ।

नेविसंघले हिम्मत गरेर ओलीलाई कालो झण्डा देखाएर विरोध जनाएको हो । नेविसंघले विरोध गर्दै कालो झण्डा देखाएपछि ओलीको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

Published : Friday, 2018 July 20, 10:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया