पीडितको आँशु पुच्छन पुगे कांग्रेसका सांसदहरू

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले भक्तपुरको मनहरा क्षेत्रमा भएको डुबान र क्षतिको अवलोकन गरेका छन् ।

शनिबार डुबान प्रभावित क्षेत्रमा पुगेर कांग्रेसका सांसदहरूले पीडितहरूको गुनासो सुनेका हुन् । उनीहरूसँग पीडितहरूले डुबान र ढलको निकासको माग गरेका थिए ।

जवाफमा कांग्रेसका सांसदहरूले सो विषयमा आफूहरूले विशेष पहल गर्ने आश्वासन दिएका छन् ।

बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि कांग्रेसका मीनबहादुर विश्वकर्मा, डा.डिला पन्त संग्रैलालगायतका सांसदहरू पुगेका थिए ।

Published : Saturday, 2018 July 14, 9:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया