ठाकुर बने दलको नेता, महतोलाई छटपटाहट

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसदीय दलको नेतामा महन्थ ठाकुरलाई सर्वसम्मत चयन गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको राजपा संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

राजपा संसदीयको नेतामा राजेन्द्र महतोले पनि रुचि देखाएका थिए । तर, महतोको पक्षमा धेरै सांसदहरूले आवाज नउठाएपछि ठाकुरलाई नै सर्वम्मत नेता चयन गरिएको थियो ।

Published : Saturday, 2018 July 14, 5:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया