पूर्वएमाले नेतृले देखाइन् पावर, गुन्डा नाइकेसँग भेटियो सम्बन्ध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को तर्फबाट प्रतिनिधि सभामा सांसद रहेकी नवीना लामाले गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई जिम्मेवारी लिएर छुटाएकी छिन् ।

गुण्डा नाइके दावाका विशेष सहयोगी सत्यमानलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको थियो । तर, गुण्डा नाइके सत्यमान लामालाई सांसद नवीना लामाले आफै जिम्मेवारी लिएर बिहार साँझ छुटाएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको मोस्टवान्टेडव सूचीमा रहेका दावा लामा भारतमा लुकेर बसेका छन् । दावा लुकेर बसेपछि उनको सबै कामको ह्याण्डेलिङ सत्यमान लामाले गर्दै आएका थिए ।

सत्यमान लामालाई लुटपाट, गुण्डागर्दी, अवैध डलर कारोबार, अपहरण, फिरौती, धम्की दिएर पैसा असुली लगायतका उजुरी परेपछि काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी विश्वराज पोखरेलले गुण्डा नाइके दावा लामाका विशेष सहयोगी सत्यमान लामालाई सांसद नवीना लामाको जमानीमा रिहाइ गरिएको जानकारी दिए । काभ्रे स्थायी घर भएका सत्यमान लामालाई नेकपाकी सांसद नवीना लामाले ‘मेरो दाई हो’ भन्दै छाड्न प्रहरीलाई दवाव दिएकी थिइन् ।

सत्यमान लामाले गत वर्ष काभ्रे सिपालीका किसानसँग रहेको बुद्धचित्त माला लुटेका थिए । रक्तचन्दन तस्करीमा पनि सत्यमान लामाको संलग्नता रहेको थियो । रक्तचन्दन तस्करीमा सत्यमान लामा कारबाहीमा परिसकेका छन् ।

सत्यमान लामाबिरुद्ध बुढानिलकण्ठका दिलिप लामाको २५ लाख धाकधम्की दिएर लुटपाट गरेको उजुरी काठमाडौं प्रहरीमा परेको छ । नवीनाले गुन्डा नाइके सत्यमान लामालाई छुटाउन प्रधानमन्त्री केपी ओलीको सचिवालयको समेत पावर लगाएकी थिइन् ।

Published : Friday, 2018 July 13, 11:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया