कांग्रेससँग डरायो कम्युनिस्ट सरकार, ओलीले पोखे दुखेसो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म बसेको स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको हो ।

पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलद्वारा पेस गरिएको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरूले सुझाव दिएका थिए ।

बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताएका थिए ।

आफ्नो चीन र भारत दुवै मुलुकको भ्रमण सफल भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बताउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताए । बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको बताए । पार्टीकै नेताहरूले समेत नबुझेर बोलेको भन्दै उनले एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । ओलीले सरकारले सकारात्ममकरुपमै काम गरिरहेको दाबी गरे । तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए ।

‘प्रतिक्रियावादी’हरूले साना(साना ईस्युलाई लिएर, गोविन्द केसी, गंगामाया र निशेधित क्षेत्रलाई पोलिटिकल बाहना बनाएर कम्युनिष्ट सरकारमाथि सदन र सडक दुबै ठाउँबाट प्रहार गर्न कोसिस गरिराखेको प्रधानमन्त्रीलगायत अन्य नेताहरूले बैठकमा विश्लेषण सुनाएका थिए ।

कम्युनिष्टको सरकार बनेकोमा देशभित्रको एउटा वर्गलाई नपचेको नेकपाका नेताले निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीले सरकारको बचाउ गर्न खोजे पनि बैठकमा बोल्ने नेताहरूले सरकारको आलोचना गरेका थिए । सरकारको कार्यसञ्चालन प्रभावकारी हुन नसकेको बहुमत नेताहरुको निश्कर्ष थियो ।

Published : Thursday, 2018 July 5, 9:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया