कम्यनिस्ट सरकारको निर्णयलाई कांग्रेसले उचित समयमा तोड्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माइतीघरको सरकारी निषेधाज्ञा उचित समयमा तोड्ने चेतावनी दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले बिहीबार पत्रकार सम्मेलन गरेर माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने बताएका थिए । त्यसको दोस्रो दिन कांग्रेसका प्रवक्ता शर्माले उचित समयमा सरकारलाई जवाफ दिने बताएका हुन् ।

प्रवक्ता शर्मानले सरकारी नियतमा खोट रहेको बताएका छन् । ‘अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विजल्याण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ’, ट्वीट गर्दै शर्माले भनेका छन्, ‘तर, सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउँछु यो उत्तर कोरिया होइन नेपाल हो ! निर्णयको नियतमा खोट छ !’

साउन १ देखि निषेधित क्षेत्र कडाइका साथ लागू गर्ने गृहमन्त्री थापाले जानकारी दिएसँगै कांग्रेसका तर्फबाट प्रवक्ता शर्माले पार्टीको धारणा राखेका हुन् ।

काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइने सरकाले यसअघि निर्णय गरेको थियो । माइतीघरमा भने कुनै पनि विरोध तथा सार्वजनिक कार्यक्रम गर्न पाइने छैन ।

सरकार अधिनायकवादी र सर्वसत्तावादी अभ्यास गर्न उद्यत रहेको पछिल्ला घटनाक्रमले देखाएको कांग्रेसको ठहर छ ।

Published : Friday, 2018 June 29, 1:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया