चीनसँग ओली डराएको कम्युनिस्ट पार्टीका ठूलै नेताको आरोप

काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्याले चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले लिपुलेकको विषय उठाउन नसकेको भन्दै आलोचना गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष वैद्यले लिपुलेकका बारेमा चीनसँग नेपालले स्पष्ट धारणा राख्न सक्नुपर्ने बताए ।

‘लिपुलेक नेपालको हो’, उनले भने, ‘प्रधानमन्त्री ओलीले किन हो यो विषय चीन समक्ष राख्न सक्नु भएन ।’

नेपाललाई नसोधेर चीन र भारतले नेपालको लिपुलेकलाई केन्द्र बनाइ व्यापारिक नाका खोल्ने सहमति गरेपछि विरोध हुँदै आएको छ । नेपालले लिपुलेकका विषयमा चीन र भारतले हस्तक्षेप गरेको बताउँदै आएको छ ।

अध्यक्ष वैद्यले चीनसँग पारबहन सम्झौता पनि नगरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘चीनसँग पारबहन सम्झौता किन भएन बुझ्न सकिएको छैन । गर्नुपर्ने काम नै गरिएन ।’

Published : Saturday, 2018 June 23, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया