कांग्रेसको भोटले जित्ने, कांग्रेस नेतालाई गाली गर्ने अध्यक्ष

काठमडौं । नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले सरकारबाट न्यायलयलाई तर्साउने काम सुरु भईसकेको भन्दै कम्युनिष्ट अधिनायकवादविरुद्ध एकजुट हुन ट्रेड युनियनका शुभेच्छुकहरूलाई आव्हान गरेका छन् ।

बुधबार राजधानीमा आयोजित ट्रेड युनियन कांग्रेसको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष आचार्यले सरकारले कम्युनिष्ट अधिनायवादी छवि देखाइसकेको बताए । उनले कर्मचारीको हकहितका लागि सबै ट्रेड युनियनकर्मीहरू एकजुट हुनुपर्ने बताए ।

पार्टीभित्रको गुटबन्दीका कारण श्रमिकहरूको एकता प्रभावित भएको भन्दै अध्यक्ष आचार्यले ट्रेड युनियनको समस्या सम्बोधन गर्न सक्ने क्षमतामा कांग्रेसलाई पु-याउनुपर्नेमा जोड दिए ।

कांग्रेस सत्तामा रहुञ्जेल पनि ट्रेड युनियनका हक हितलाई नहेरेको गुनासो अध्यक्ष आचार्यले गरे । अंश वण्डा गरेर मात्रै कांग्रेस पुरानै हैसियतमा आउन नसक्ने भन्दै उनले पार्टीभित्र बढ्दै गएको गुटबन्दी अन्त्यका लागि दबाब श्रृजना गर्नुपर्नेमा जोड दिए ।

निर्वतमान अध्यक्ष खिलानाथ दाहालले नेता विशेषको नाम जोडेर विजय र पराजयलाई टिप्पणी गर्ने गरिएको भन्दै गुटगत विश्लेषणले कांग्रेसलाई नै हानी पुग्ने बताए ।

सार्वजनिक कार्यक्रममा नेताहरूले गुटको विरोध गरेपनि नेपाल ट्रेड युनियन कांग्रेसको निर्वाचनमा भने समानन्तर रुपमा गुटकै उम्मेदवारले प्यानल सहित प्रतिष्पर्धा गरेका थिए । भर्खरै सम्पन्न निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षको एक सिट बाहेक बाँकी सबैमा कृष्ण सिटौला र रामचन्द पौडेल पक्षधरले जितेका थिए ।

Published : Wednesday, 2018 June 20, 8:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया