पत्नी र छोरीलाई लिएर प्रचण्ड सिङ्गापुर उडे

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

नेकपाका दोस्रो अध्यक्ष दाहाल पत्नी सीता र छोरी गंगा दाहालका साथ सिंगापुर आइतबार साँझ प्रस्थान गरेका हुन् ।

नेपालमा उपचारका लागि राम्रा अस्पतालहरू छन् । तर, प्रचण्डले पत्नी सीतालाई उपचार गराउन सिङ्गापुर लगेका हुन् ।

सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सिंगापुर प्रस्थान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सीतालाई सुगर, प्रेसर लगायतका समस्या छ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

Published : Monday, 2018 June 18, 10:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया