कम्युनिस्ट सरकार ‘अराजक’ बन्नेपछि कांग्रेसले दियो सडकमा जाने धम्की

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद डा.मीनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।
सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नुपर्ने उनको जोड छ ।

‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानून, संविधान अन्तर्गत बसेर काम गर्न हामी आएका हौं’, उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको कांग्रेस नेता डा.रिजालले बताए । उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे ।

संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

Published : Thursday, 2018 June 14, 5:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया