देउवाविरुद्ध कांग्रेस नेताहरूको छुट्टै भेला, गगनले कसलाई दिए साथ ?

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिलाउन पहल गर्नुको साटो वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले झन् पेट्रोल छर्केर उग्र बनाउन सक्रिय भएको छ । सभापति शेरबहादुर देउवाविरुद्ध पौडेल र कृष्णप्रसाद सिटौला समूहले काठमाडौंमा मोर्चाबन्दी गरेका छन् ।

नेविसंघ काठमाडौंको नाममा सोमबार पौडेल–सिटौला समूहले भव्य कार्यक्रम गरेका छन् । कार्यक्रममा देउवालाई पौडेल–सिटौला समूहले निरंकुश सभापतिको आरोप लगाउँदै सरापेका छन् ।

वरिष्ठ नेता पौडेलले कांग्रेसभित्रै अधिनायकवादी प्रवेश गरेको आरोप लगाए । ‘अब एकजुट हुनुको विकल्प छैन’, पौडेलले भने, ‘कांग्रेसलाई कुनैपनि किसिमको अधिनायकवाद सैह्य हुँदैन ।’

नेता पौडेलले भने, ‘युवा विद्यार्थीलाई अधिनायकवादको म डटेर सामना गर्न आग्रह गर्छु ।’

नेता प्रकाशमान सिंहले सभापति देउवाले पार्टीभित्रै कमीकमजोरी भए भनेर नेताहरूले बोल्न खोज्दा समेत प्रतिवन्ध लगाउन खोजेको आरोप लगाए ।

‘पार्टीमा हामीले कमजोरी भयो भन्न पनि नपाउने ?’, सिंहले भने, ‘कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्छ । पार्टीभित्रै भएका कमजोरी औंल्याउन पनि दिइँदैन ’

नेता कृष्णप्रसाद सिटौलाले विगतका कमिकमजोरी सच्याउँदै मिलेर जान आफू तयार रहेको बताए । ‘कांग्रेससामु ठूला–ठूला चुनौती छन्’, उनले भने, ‘अब मिल्नुको विकल्प छैन ।’ सिटौलाले वरिष्ठ नेता पौडेलसँगै आफू मिलेर जान तयार रहेको बताए ।

नेता अर्जुननरसिंह केसीले एकताबद्ध भएर अघि बढेमात्रै कांग्रेसले आफ्नो पहिचान जोगाउन सक्ने बताए ।

युवा नेता गगन थापाले कांग्रेसका लागि अहिलेको समय ऐतिहासिक भएको बताए । उनले जिल्ला सभापतिको भेला तथा महासमिति समितिको बैठक बोलाएर विशेष निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए ।

Published : Monday, 2018 June 11, 6:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया