शक्तिशाली भएकै दोस्रो दिन ओलीले भारतलाई दिए थ्रेट, तनावमा लैनचौर

काठमाडौं । शक्तिशाली कम्युनिष्ट पार्टी गठन भएको दोस्रो दिन प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले भारतीय पक्षलाई झट्का लाग्ने गरेर अभिव्यक्ति दिएका छन् ।

एमाले र माओवादी केन्द्र मिलेर शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पार्टी गठन भएको दोस्रो दिन ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने बताएका हुन् ।

नेकपाको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भारतसँग बराबरीको सम्बन्ध बनाउने बताएका हुन् । ‘भारतसँग हेपिएर होइन, बराबरीको सम्वन्ध हुन्छ’, उनले भने, ‘विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।’ ओलीले सन् १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको बताए ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरूले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । फिल्ड कार्यालय हटाउन भारतले आलटाल गर्दै आएका बेला ओलीको यो भनाइ बाहिर आएको छ ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले सो अफिस हटाउन मानेको थिएन ।

ओलीले भारतलाई आफूले एकखालको सहमतिमा ल्याएको दाबी गरे । ‘राष्ट्रिय हितबाहेक मेरो कुनै स्वार्थ छैन’, उनले भने ।

Published : Saturday, 2018 May 19, 4:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया