मोदीले ओलीलाई भने ‘मेरे बडे भाई’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीले जानकी मन्दिर दर्शनका लागि मिलाइदिएकोमा ध्यावाद दिएका छन् ।

जानकी मन्दिर परिषरमा रामायण सर्किटको उद्घाटन कार्यक्रममा मोदीले ओलीले विशेष धन्यावाद दिए । उनले भने, ‘नेपालका प्रधानमन्त्री मेरा आदरणीय मेरा भाइ केपी ओलीलाई विशेष धन्यावाद छ ।’

जवाफमा प्रधानमन्त्री ओलीले जनकपुर मन्दिरको पौराणिकताका बारेमा जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदीबाट जनकपुरको पवित्र भूमिमा आएर अनेक सामाजिक सम्बन्धहरूलाई प्रतिविम्बित गरेको बताए ।

Published : Friday, 2018 May 11, 12:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया