मोदी आउँदै गर्दा सहकर्मीका कारण ओली कठोर चिन्तामा

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर ट्वटी गरेपछि उत्पन्न भएको विवाद मत्थर हुने नाम लिएको छैन ।

प्रचण्डले बुधबार ओलीसँग ट्वीटका विषयमा असन्तुष्टि राखेका छन् । प्रचण्डको असन्तुष्टिसँगै ओली समस्यामा परेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण नजिकिएका बेला वाम गठबन्धनकै सहकर्मी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ट्वीटलाई लिएर हँगामा मच्चाएपछि ओली तनावमा परेको स्रोतको भनाइ छ ।

बैठकमा प्रचण्डले प्रधानमन्त्रीको ट्वीटको आशय बुझ्न खोजेका थिए । ट्वीट प्रकरणले पार्टी एकतामा समस्या पैदा भएको जस्तो देखिएको थियो ।

पार्टीको संसदीय दलको बैठकमा समेत प्रचण्डले प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि राखेका थिए ।

सोमबार प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ ।

लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’

Published : Wednesday, 2018 May 9, 4:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया