कम्युनिस्ट सरकारद्वारा कामिनीलाई हटाउन ठूलो खेल

काठमाडौं । एमाले र माओवादी केन्द्रको संयुक्त सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने खेल सुरु गरेको छ ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले राजभण्डारीलाई हटाएर आफ्ना मान्छे भर्ना गर्न स्पष्टीकरण सोधेको उच्च स्रोतले जनाएको छ ।

राज्यमन्त्री बास्कोटाले राजभण्डारीलाई टेलिकमको सेवा र गुणस्तर खस्काएको आरोप लगाएका छन् । एमालेका नेता समेत रहेका बास्कोटाले प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न नसकेको आरोप लगाएका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री केपी ओली र सूचना तथा सञ्चारराज्यमन्त्री बाँस्कोटा प्रबन्ध निर्देशक राजभण्डारीसँग स्पस्टीकरण लिएको थियो ।

राजभण्डारीलाई हटाउन एमाले निकटका कर्मचारी संगठनहरू सबैभन्दा धेरै सक्रिय रहेको स्रोतको भनाइ छ । टेलिकमभित्र काम नगर्ने राजनीति गरेर प्रधानमन्त्री ओली र राज्यमन्त्री बास्कोटा समक्ष कुरा पुर्‍याएर राजभण्डारीलाई हटाउन दवाव दिँदै आएका थिए ।

हुन त राजभण्डारीलाई सुरुवाती दिन देखिनै एमाले निकटका कर्मचारी नकारात्मक रहँदै आएका थिए । प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक बनेकी राजभण्डारीलाई हटाउन एमाले र कम्युनिस्ट सरकारले अनेकौ तिकडम गरेको आरोप छ । नेपाल टेलिकमको इतिहाँसमा राजभण्डारी पहिलो महिला प्रबन्धन निर्देशक बन्न सफल भएकी हुन् ।

राज्यमन्त्री बास्कोटा प्रधानमन्त्री ओलीका खास विश्वापात्र हुन् । राज्यमन्त्री बास्कोटा प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।

Published : Tuesday, 2018 May 8, 11:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया