यस्तो रहेछ वाम गठबन्धनको राष्ट्रवाद, मोदीलाई नागरिक अभिनन्दन

काठमाडौं । सबैको अनुमानलाई सहि सावित गर्दै केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई पटक नागरिक अभिनन्दन गर्ने भएको छ ।

नेपाल भ्रमणमा आउन लागेका मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिनेछ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मोदी वैशाख २८ गते दुई दिने भ्रमणका लागि आउने जनाएको हो । मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाले मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखेको छ । काठमाडौं महानगरपालिकको मेयरमा एमालेका विद्यासुन्दर शाक्य छन् । वाम गठबन्धन सरकारकै निर्देशनमा मोदीलाई नागरिक अभिनन्दन गर्न लागिएको हो ।

मोदीलाई २८ गते नै राजधानीको टुँडिखेलमा गार्ड अफ अनर दिइनेछ । त्यही दिन साँझ मोदीले प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा मोदी मुस्ताङको मुक्तिनाथ जाने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीले रिमोटमार्फत् ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्नेछन् ।

वैशाख २८ गते मोदी भारतको पटना हुँदै हेलिकप्टरबाट जनकपुर आउनेछन् । त्यहाँ उनले जानकी मन्दिरमा पूजा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदीलाई बाह्रबिगामा नागरिक अभिनन्दन गरिनेछ । प्रदेश २ को सरकारले मोदी आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले कुटनीतिक मर्यादालाई उल्लंघन गर्दै भारतबाट काठमाडौं आउनुको साटो जनकपुरमा जानेछन् । यसबारेमा परराष्ट्र मन्त्रालयले मुख खोलेको छैन ।

Published : Saturday, 2018 May 5, 3:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया