घनश्यामको कार्यक्रम केपी ओलीद्वारा बहिस्कार

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुषालद्वारा आयोजना गरिएको कार्ल माक्सको सम्झनामा गरिएको कार्यक्रमलाई एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले बहिस्कार गरिदिएका छन् ।

काठमाडौंको रामशहापथस्थित यलम्बर पार्टी प्यालेसमा शुक्रबार गरिएको कार्यक्रममा ओलीलाई पनि निम्तो पठाइएको थियो ।

तर, ओली कार्यव्यस्तता देखाउँदै उपमहासचिव भुषालको कार्यक्रममा अनुपस्थित भएका हुन् । कार्यक्रममा ओली गुटका अधिकांश नेता कार्यकर्ता अनुपस्थित रहेको एक नेताले बताए ।

भुसाल अध्यक्ष रहेको ‘कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति’ले ‘आजको मार्क्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको कार्यक्रम राखेको थियो । कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमको उपस्थिति रहेको थियो ।

समितिका अध्यक्ष समेत रहेका उपमहासचिव भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका छन् । भुषालले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताए ।

Published : Friday, 2018 May 4, 7:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया