प्रचण्डलाई अध्यक्ष बनाउने घोषणा गर्न सकिन्नः योगेश भट्टराई

काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने बताए ।

तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने उनले बताए । भट्टराईले भने, ‘कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ । लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन । जो पनि अध्यक्ष हुन सक्छ । अरू नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।’

राजनीतिक दस्तावेज तयार भइसकेको भन्दै उनले संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको उल्लेख गरे ।

सचिव भटृराईले भने, ‘विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन । यहाँ कति हिस्सा भन्ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ । पचास वा अरू प्रतिशतमा अल्मलिनु पर्दैन ।’

Published : Tuesday, 2018 May 1, 8:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया