ओली–मोदीको मिलन जनकपुरमा यसरी हुनेछ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नै स्वागत गर्ने तयारी गरेका छन् ।

यही वैशाख २८ देखि हुने औपचारिक नेपाल भ्रमणका क्रममा मोदी भारतको पटनाबाट सीधै जनकपुर आउनेछन् । मोदी जनकपुर आउने भएपछि ओली पनि स्वागतका लागि उतै जान लागेको प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए ।

सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुनेछ । त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्नेछन् ।

त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री ओली र मोदीले संयुक्त रूपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको डा.अर्यालले जानकारी दिए ।

परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौं फर्कनेछन् । भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा रहनेछन् । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन बाँकी छ ।

Published : Tuesday, 2018 May 1, 8:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया