अघोषित नाकाबन्दी लगाउँदै आएको चाइनाले यहाँ पनि दियो धोका

काठमाडौं । भारतले नाकाबन्दी गरेका बेला समेत तातोपानी भन्सार बन्द गरेर नेपालीमाथि अघोषित नाकाबन्दी गर्दै आएको चीनले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा अबरोध सिर्जना गरेको छ ।

नेपालको विकास र साझेदारीमा नजिकको व्यवहार गरे पनि नेपालीको कोखामा खुकुरी हान्ने प्रवृत्तिलाई चीनले फेरि देखाएको छ ।

चिनियाँ कम्पनीले त्रिभुवन विमानस्थलको रनवे विस्तारको काम अड्काएको छ । यसले गर्दा नेपालको छवि फेरि अन्तर्राष्ट्रिय जगतमा धक्का लाग्ने पक्का छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक काम सुरु गर्न पत्राचार गरेपनि चाइना सान्छी कन्स्ट्रक्सन् इन्जिनिरिङ ग्रुप अफ कम्पनीले सुनुवाइ गरेको छैन ।

निर्माणको काम गत नोभेम्बरमै सुरु हुनुपर्ने हो । पाँच महिना बित्दासम्म पनि निर्माण सुरु भएको छैन । बारम्बार आग्रह गर्दा पनि टेरेको छैन । एमालेका नेता समेत रहेका नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चिनियाँ कम्पनीको दादागिरिलाई लाचार बनेर हेरेका छन् ।

यसअघि स्पेनिस कम्पनी कन्स्ट्रक्टोरा सान्जोशेले निर्माण कार्य अघि नबढाई ३ वर्ष रोकेर राखेको थियो । सन् २०१३ देखि काम थालेको सान्जोशेले सन् २०१६ को डिसेम्बरसम्म जम्मा २० प्रतिशत काम सकेको थियो ।

काम नगरेको भन्दै सान्जोशेसँग ठेक्का तोडेपछि विमानस्थल बिस्तारलाई प्राधिकरणले तीन भागमा बिभाजन गरेर छुट्टाछुट्टै ठेक्का लगाएको थियो । त्यसमध्य रनवे विस्तार अर्थात एनसीबी ००१ को जिम्मा चाइना सान्छीले पाएको थियो ।

Published : Wednesday, 2018 April 25, 8:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया