राजाका यी हुन् १५ वटी सुन्दर पत्नीहरू

लण्डन । विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको नाम परिवर्तन गर्न सक्छन् । त्यस्ता सीमित व्यक्ति मध्ये एक हुन्, स्वाजील्याण्डका राजा मस्वाती ।

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् ।

उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राजा मस्वातीले यसको आधिकारिक घोषणा गरेका हुन् ।

इस्वातिनीको अर्थ स्थानीय भाषामा स्वाजीहरुको भूमि हो । देशको नाम परिवर्तन आकश्मिक रुपमा भएको हो । तर राजा मस्वातीले लामो समयदेखि स्वाजील्याण्डलाई इस्वातिनी भन्दै आएका थिए ।

उनले सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा तथा सन् २०१४ मा देशको संसदको उद्घाटनको क्रममा इस्वातिनी नाम प्रयोग गरेका थिए ।

केही मानिस भने राजाले देशको नाम परिवर्त गरेकोमा बेखुस छन् । उनीहरुले राजाले आफ्नो ध्यान देशको अर्थ व्यवस्था मजबुद बनाउन लगाउनु पर्ने न कि नाम परिवर्तनमा भन्ने गरेका छन् ।

सोभूजा द्वितीयका छोरा राजा मस्वातीका १५ श्रीमती छन् । औपचारिक रुपमा उनको बायोग्राफी लेख्ने व्यक्तिका अनुसार राजा मस्वातीका पिताले देशमा ८२ वर्षसम्म शासन गरेका थिए । यस क्रममा उनका १२५ श्रीमती थिए ।

स्वाजीका मानिस राजालाई बाघ भनेर पनि बोलाउने गर्छन् । उनीहरुका धेरै श्रीमती हुने गर्छन् । – एजेन्सी

Published : Sunday, 2018 April 22, 12:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया