सूर्यभन्दा ७ गुणा धेरै कृत्रिम सूर्यको ताप

लण्डन । दक्षिण कोरियाका वैज्ञानिकहरूले कृत्रिम सूर्यमा १० करोड डिग्री सेल्सियस तापक्रम कायम गरेका छन् ।

उनीहरूले कृत्रिम सूर्यमा ४८ सेकेन्डसम्म १० करोड डिग्री सेल्सियस तापक्रम बनाएर विश्व कीर्तिमान बनाएका छन् । यो तापक्रम सूर्यको केन्द्रभन्दा सात गुणा बढी मानिन्छ । सन् २०२१ मा ३० सेकेन्डको कीर्तिमान बनाइएको थियो ।

वैज्ञानिकहरूले कोरिया सुपरकन्डक्टिङ टोकमाक एडभान्स्ड रिसर्च (केएसटएआर) उपकरण बनाएका छन् ।

तापक्रम परमाणु फ्युजन प्रयोगका क्रममा सिर्जना गरिएको थियो । प्रयोग डिसेम्बर २०२३ र फेब्रुअरी २०२४ को बीचमा गरिएको थियो ।

परमाणु फ्युजनमा, दुईवटा हल्का परमाणु केन्द्रबिन्दु मिलेर भारी परमाणु बन्छ । ठूलो मात्रामा ऊर्जा निस्कन्छ ।

सूर्य जस्ता ताराहरूले पनि परमाणु फ्युजनबाट ऊर्जा र प्रकाश प्राप्त गर्छन् । हाइड्रोजन परमाणुहरू मिलेर हिलियम बनाउँछन् । एजेन्सी

Published : Wednesday, 2024 April 3, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया