नेता छोपेपछि नेविसंघद्वारा मन्त्रीको गाडीमा तोडफोड

वीरेन्द्रनगर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियु सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् ।

नेविसंघ सम्बद्ध विद्यार्थीले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ ।

गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी सकुशल छन् ।

विद्यार्थीले विश्वविद्यालयको मूल गेटमा प्रदर्शन समेत गरेका छन् । विद्यार्थीको प्रदर्शनमा तोडफोड हुन थालेपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरू राखेर आन्दोलित हुँदै आइरहेका छन् ।

स्ववियु र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि सुर्खेतमा दुई पक्षबीच झडप नै भएको थियो ।

Published : Wednesday, 2018 April 4, 11:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया