खड्काको निवासमा पुगे शुभेच्छुकहरू, आजै अन्तिम दाहसंस्कार गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको निवास ललितपुरमा आइतबार बिहानैदेखि घुइँचो लागेको छ ।

खड्काको शव शनिबार मध्यराति काठमाडौं ल्याइपछि आफन्त र शुभेच्छुकहरू ललितपुरको सानेपास्थित निवासमा पुगेका हुन् । आइतबार बिहानै पुगेर शुभेच्छुक र आफन्तले खड्काप्रति श्रद्धाञ्जलि दिएका छन् ।

खड्कालाई श्रद्धाञ्जलि दिन उनको गृहजिल्ला दाङबाट पनि शुभेच्छुकहरू सानेपास्थित निवासमा आइपुगेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेल, डा.शेखर कोइरालासहितका नेताहरू खड्काको निवास सानेपा पुगेका थिए ।

खड्काको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । दिउँसो एक बजेपछि अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

खड्कालाई आइतबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको आफन्तले जनाएका छन् ।

Published : Sunday, 2018 April 1, 10:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया