सांसदहरूलाई आर्थिक मर्का पर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाका आफ्ना सांसदहरूबाट मासिक दश हजार लेबी उठाउने भएको छ ।

आफ्ना प्रत्येक सांसदहरूबाट पार्टी सञ्चालनका लागि मासिक दश हजार लेबी कट्टी गर्ने निर्णय कांग्रेसले गरेको हो ।

सांसदहरूको मासिक तलवभत्ताबाट कट्टा गरिएको दश हजारको २० प्रतिशत संसदीय दल र ८० प्रतिशत केन्द्रीय कार्यालयले खर्च गर्ने छ । प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ सहित ७६ सांसद् छन् ।

यी सांसदहरूबाट ६ लाख ६७ हजार नगद संकलन हुनेछ । त्यो रकम कांग्रेसले संसद सचिवालयबाट सिधै बुझ्नेछ ।

Published : Wednesday, 2018 March 21, 9:49 pm

1 प्रतिकृया प्राप्त “सांसदहरूलाई आर्थिक मर्का पर्ने कांग्रेसको निर्णय”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया