कम्युनिष्ट सत्ताको पहिलो पावरफुल धक्का

काठमाडौं । न्याय परिषद्का सचिव नृपध्वज निरौलले परिषदका अध्यक्ष एंव प्रधानन्याधीश गोपाल पराजुलीलाई बर्खास्त गरेको पत्र बुझाएका छन् ।

निरौलाले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको हो ।

न्यायपरिषदका सचिव निरौलाले प्रधानन्यायधीशलाई बर्खास्त गरेको विषयमा कानून व्यवसायीहरूले कार्यालयको पियनले कार्यालय प्रमुखलाई बर्खास्त गरेको टिप्पणी गरेका छन् ।

डेमोक्रेटिक लर्यस एसोसियनका पूर्व अध्यक्ष एंव वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कार्यालयको पियनले कार्यालय प्रमुखलाई बर्खास्त गरेको टिप्पणी गरे ।

पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । तर, न्यायपरिषदले यतिबेलासम्म किन पदमुक्त भएको घोषणा गर्न सकेन भन्ने बारेमा भने स्पष्ट पारिएको छैन् ।

योसंगै न्यायलयको विवादमा नयाँ ट्वीस्ट भएको छ । अब न्यायपरिषदका सचिवलाई अध्यक्षको बर्खास्त गर्ने अधिकार हुने नहुने विषयमा बहस सुरु भएको छ ।

सर्वोच्च उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र महान्याधिवक्ता अग्नि खरेलको दबाबमा न्यायपरिषदका सचिव निरौलाले उक्त पत्र दिएको बताइएको छ ।

यसैबीच, अपदस्थ प्रधानन्यायाधीश पराजुली राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । पराजुली शीतल निवास जाँदै गर्दा परिषदका सचिवले बर्खास्थ गरेका थिए ।

Published : Wednesday, 2018 March 14, 5:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया