सिलवालपछि मनाङ्गेलाई जोगाउँदै कम्युनिष्ट सरकार

काठमाडौं । नेकपा (एमाले)को समर्थनमा प्रदेश सभामा निर्वाचित सांसद गुन्डा नाइके दीपक मनाङ्गेलाई जोगाउ कम्युनिष्ट सरकारले भित्रभित्रै तयारी गरेको खुलासा भएको छ ।

राप्रपासहित एमालेमा विलय भएर मनाङबाट प्रदेश ४ मा सांसदमा निर्वाचित मनाङ्गेलाई प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा बचाउने षड्यन्त्र भएको हो ।

स्रोतका अनुसार मनाङ्गेलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गर्ने तयारी प्रहरीले गरेको थियो । तर, ओलीको दवावमा रेडकर्नर नोटिस जारी गर्न इन्टरपोलले अनाकानी गरेको स्रोतले आरोप लगाएको छ ।

चारैतिर विरोध भएपछि एमालेले मनाङ्गेको टिकट खोसेको थियो । तर, मनाङ्गे स्वतन्त्र भए पनि एमालेले उम्मेदवारी नदिएर उनलाई नै सहयोग गरेर जिताएको थियो । हत्या अभियोगमा फरार रहेका मनाङ्गे अण्डरग्राउण्ड छन् ।

हुन त यसअघि एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पूर्वडिआईजी नवराज सिलवाललाई कीर्तेकाण्डमा कारबाही गर्न नदिएर संसद छिराइसकेका छन् ।

तर, पावर नभएकै कारण तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद रशेम चौधरी थुनामा छन् ।

Published : Monday, 2018 March 12, 12:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया