राजनीतिक अस्थिरताको जड ‘प्रचण्ड’ संसदमा आफैले खोले पोल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई जनचाहना अनुसार काम गर्न आग्रह गरेका छन् ।

आइतबार संसदमा प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्दै उनले भने, ‘हामीले जनतासँग बाचा गरेका छौँ । हामी दिन्छौ, विकास दिन्छौँ, जनताले अब काम खोजेका छन् । भाषण र उपदेश होइन ।’

उनले १० वर्षमा १० वटा सरकार बनेको र ८ वटा सरकार बनाउन आफ्नो हात रहेको भन्दै अगाडि भने, ‘अब म सोच्दै छु, कति वटा सरकार बनायो भने गिनिज बुकमा नाम लेख्न सकिन्छ ।’

उनले सम्वृद्धिका लागि बाम गठबन्धन बनाएको भन्दै अगाडि भने, ‘मैले केपी ओलीज्यूलाई मेरो समर्थन छ भनेर एक महिना अघि पत्र दिएको थिएँ । र, आज विश्वासको मत जाहेर गर्दै छौं ।’ उनले समृद्धिका लागि दृढताका साथ पहल चाल्नेमा समेत आशा व्यक्त गरे ।

Published : Sunday, 2018 March 11, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया