सापकोटाको चंगुलमा गृहमन्त्री थापा, कहाँबाट सञ्चालित छन् सचिव ?

काठमाडौं । गृहमन्त्री सचिव मोहनकृष्ण सापकोटाले ठूलो असहयोग गर्दा नेपाल प्रहरीभित्र बढुवा रोकिएको खुलासा भएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न लोभलालचमा पारेर गृह मन्त्रालयको सचिव पड्काएका सापकोटाले प्रहरीभित्रको बढुवा अड्काएर राखेको आरोप छ । सापकोटालाई आरजु राणाको दवावमा तत्कालीन प्रधानमन्त्री देउवाले गृह सचिव बनाएका थिए ।

नेपाल प्रहरीका उच्च अधिकृतहरूको बढुवाका लागि लोकसेवा आयोगले लेखेर पठाइ सकेको छ । तर, सचिव सापकोटाले विभिन्न बहाना बनाएर रोकेर राखेको उच्च स्रोतले जनाएको छ ।

नयाँ गृहमन्त्री रामबहादुर थापा आएका छन् । तर, उनलाई पनि गृहसचिव सापकोटाले गुमराहमा राखेको आरोप छ । गृहमन्त्री थापाले ऐन नियमअनुसार काम गर्ने सार्वजनिक अभिव्यक्ति दिए पनि उनलाई गृहसचिव सापकोटाले घुमाउन थालेको स्रोतले जनाएको छ ।

एसएसपी र डिआईजीहरूको बढुवाका लागि नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल पनि पोजेटिभ छन् । तर, गृहसचिव सापकोटाले प्रहरीको बढुवा रोकेको एक उच्च अधिकारीले बताए ।

‘गृहसचिवज्यूले खै के खोज्नु भएको छ ? थाहा भएन । उहाँले आर्थिक विषयमा कमजोर हुनुहुन्छ’, बढुवा हुन नसकेर केही समय अगाडि रिटार्यड भएका एक उच्च अधिकारीले भने, ‘गृह सचिव सापकोटा र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका कारण नेपाल प्रहरीको बढुवा हुन नसकेको हो ।’

गृह सचिव सापकोटा र आरजु राणाबीच अहिले पनि उस्तै राम्रो सम्बन्ध रहेको स्रोतले जनाएको छ ।

प्रहरीका उच्च अधिकृतहरूको समयमा बढुवा हुन नसक्दा तल्लो तहका १२ हजार प्रहरी मर्कामा परेका छन् । प्रहरीमा विगत डेढ वर्षदेखि बढुवा रोकिएको छ ।

गृहसचिव सापकोटाका कारण एसएसपी मिलन बस्नेत, यादवराज खनाल रिटार्यड हुनु परेको छ । डिआईजीको पद रिक्त हुँदा हुँदै पनि बस्नेत र गौतम घर जान बाध्य भएका हुन् । अर्का एसएसपी कृष्णप्रसाद गौतम पनि बढुवा हुन नसक्दा केही दिन अगाडि एसएसपीबाटै घर जान बाध्य भएका छन् । जब कि १२ जना डिआईजीका लागि पद रिक्त छ ।

चैतको दश गतेसम्म बढुवा नहुने हो भने एसएसपी सुवास चौधरी र विष्णुहुरि गौतम पनि घर जान बाध्य हुनेछन् ।

आईजीपी अर्यालले पनि अनिर्वाय अवकास पाउँदै छन् । उनको ठाउँमा कसलाई आईजीपी बनाउने भन्नेबारेमा भित्रभित्रै चर्चा सुरु भए पनि गृहमन्त्रालले त्यसको तयारी थालेको छैन ।

नेपाल प्रहरीको आईजीपी बन्ने लाइनमा डिआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की अग्रभागमा देखिएका छन् ।

Published : Sunday, 2018 March 11, 10:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया